Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बिहीबार, असार २०, २०८१

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शनिबारका लागि दलको बैठक बोलाएको हो ।

संसदीय दलको बैठक शनिबार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता समीकरणका लागि भएको पछिल्लो सहमतिपछिको राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसको बुधबार बसेको कार्यसम्पादन समिति बैठकले एमालेसँग सोमबार मध्यरातमा भएको सहमति अनुमोदन गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्