Nic Ad Nic Ad
Nic Ad Nic Ad

विभागद्वारा म्यानपावर व्यवसायीसँग ‘फ्री भिसा फ्री टिकट’ मा कामदार पठाएको विवरण माग

बिहीबार, असार २०, २०८१

काठमाडौँ- वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ ।

विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा पठाएको विवरण माग गरेको हो । विभागले पठाएको मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, श्रमिकको सम्पर्क नम्बर (नेपाल हुँदाको बखतको), काम, तलब लगायतका विवरण उल्लेख गरेर उपलब्ध गराउन भनेको हो ।

म्यानपावर व्यवसायीहरूले खाडीका ६ मुलुक र मलेसियामा फ्री भिसा, फ्री टिकटको कोटा ल्याएर कामदार पठाउँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्