Nic Ad Nic Ad
Nic Ad Nic Ad

कम्तीमा एक वर्ष कर्मचारीको सरुवा नहुने

बिहीबार, असार २०, २०८१

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले कर्मचारीको कम्तीमा एक वर्ष सरुवा नहुने मापदण्ड बनाउन लागेको बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले अहिले मापदण्डको मस्यौदा तयार गरिएको र मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको बताएका हुन् । भनसुनका आधारमा नै कर्मचारीहरूको सरुवा भइरहेको स्विकार्दै अब सच्याउने पनि उनले बताए । विधि, पद्धति र मापदण्ड नहुँदा भनसुनका आधारमा कर्मचारीको सरुवा भइरहेको भन्दै जोशीले कर्मचारी सरुवा गर्दा धेरै दबाब हुने झेल्नुपरिरहेको समेत उल्लेख गरेका छन् ।

कर्मचारीहरू स्थानीय तह र प्रदेशमा जानै नखोज्ने, संघमै बस्न खोज्ने र गएकालाई पनि हाजिर नगराउने प्रवृत्ति रहेको भन्दै मन्त्री जोशीले भदौ र असोजमा मात्रै सरुवा गर्ने गरी मापदण्ड बनाउन लागेको बताए ।

३-६महिनामै कर्मचारी सरुवा गर्ने प्रवृत्तिलाई रोक्न मापदण्ड बन्ने उनको दाबी छ । उनले दूरदराजमा कम्तीमा एक वर्ष र सुगममा २ वर्ष बसोस् भन्ने गरी मापदण्ड तयार परिएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्