Nic Ad Nic Ad
Nic Ad Nic Ad

कटहरियाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिहीबार, असार २०, २०८१

काठमाडौँ - रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


यस्तै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध पनि गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको छ ।


अख्तियारले अधुरो सामुदायिक भवनमा टायल्स र फ्लोरिङको काममा उपभोक्ता समितिसँग मिलेमतो गरेर वास्तविकता भन्दा बढी क्षेत्रफल देखाएर रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४ दशमलब ४१ वर्ग मिटर भएको र वास्तविक क्षेत्रफल ४ सय ७३ दशमलब बर्ग मिटर मात्र भएको दाबी अख्तियारको छ ।

बढी देखाइएको १२ लाख ५२ हजार ९ सय ४१ रूपैयाँ ९५ पैसा बराबरको रकमलाई बिगो दाबी गरिएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश शाह र इन्जिनियर राजेशकुमार शाह तथा नगरपालिकाका सदस्य र उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्