Nic Ad Nic Ad
Nic Ad Nic Ad

रारामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

बिहीबार, असार २०, २०८१

रारा तालमा पौडी  खेल्ने क्रममा एकजनाको  डुबेर मृत्यु  भएको  छ। तालको पूर्बी भागमा पर्ने ठाकुरनाथ नजिकै किनारमा पौडी खेल्दै गर्दा छाँयानाथ रारा नगरपालिका–५ कार्कीबाडाका २१ वर्षीय शिशिरजंग रावलको डुबेर मृत्यु भएको हो।

samridhi jewllers

मृतक रावल रारा ताल वरिपरि निर्माणाधिन अवस्थामा रहेको साइकल लेनमा काम गर्दै थिए। अन्य चारजना साथीहरुसँगै पौडी खेल्ने क्रममा रावलको डुबेर मृत्यु भएको  उनका काका नरेन्द्र  रावलले जानकारी दिए।

दिउँसो २ बजेको घटनाबारे जानकारी  पाउने बित्तिकै नेपाली सेनाको हनुमानध्वज गुल्मबाट २ वटा  डुङ्गासहित नेपाली सेना घटनास्थल पुगेको थियो। रारा विमानस्थल र  जिल्ला  प्रहरी  कार्यालयबाट थप प्रहरी  टोलि पुगी तालबाट शव बाहिर निकालिएको प्रहरीले जनाएको छ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगु ल्याउन लागिएको जिल्ला  प्रहरी  कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्