Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ सरकारले देशभित्रै रहेर योगदान गर्ने वातावरण बनाउँछ : विष्णु पौडेल

बिहीबार, असार २०, २०८१

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ बन्ने सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाइबाट समाधान गर्ने बताएका छन् । 

बिहीबार रुपन्देहीमा २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले नयाँ सरकारले गुणस्तरीय शिक्षा आर्जन गर्ने, देशभित्रै रहेर पार्टी निर्माणमा योगदान दिने, नेपाली विद्यार्थीको चाहना पूरा हुने गरी काम गर्ने बताए । उनले नयाँ बन्ने सरकारले स्वभाविक रूपमा अरु क्षेत्रका समस्या समाधानका साथ(साथै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने बताए । उनले केही दिनभित्रै अध्यक्ष ओलीको नेतृत्वमा सरकार निर्माण हुने बताए ।

उनले भने, ‘अब तपाईँहरूले ठूलो आशा र भरोसाका साथमा, विश्वासको साथमा आफ्ना कदम अघि बढाए हुन्छ । नेपालमा सही शैक्षिक गुणस्तरको दृष्टिकोणले सबै प्रकारको अनुकूल परिस्थिति निर्माण गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, देशभित्रै रोजगारी आर्जन गर्ने, उद्यमशीलताको विकास गर्ने, देशको समृद्धिका निम्ति काम गर्ने । एउटा सम्मानित नागरिकका हैसियतले जीवन व्यतीत गर्ने, त्यस खालको अनुकूल परिस्थिति निर्माण गर्ने संकल्पका साथमा फेरि पनि केपी शर्मा ओलीज्यूको नेतृत्वमा नयाँ सरकार बन्दैछ । त्यो सरकारले स्वभाविक रूपमा अरु क्षेत्रका समस्या समाधानका साथ(साथै शैक्षिक क्षेत्रका समस्याको नयाँ उचाइबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने, देशभित्रै रहेर पार्टी निर्माण योगदान दिने वातावरण तयार हुन्छ ।’

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्