नेभिगेशन
समाज विविध

पुरानै ढर्रामा सकियो एकीकृत समाजवादीको महाधिवेशन, रामकुमारी झाँक्रीको पद के होला?

काठमाडौं– नेकपा एकीकृत समाजवादीको महाधिवेशन पुरानै ढर्रामा सकिएको छ। 

१० औं महाधिवेशन भनी नाम दिइएको नयाँ कमिटीका अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सर्वसम्मत निर्वाचित भएको घोषणा गरियो। 

अध्यक्ष मण्डलका प्रमुख झलनाथ खनालले पालैपालो अध्यक्ष, सम्मानित नेता र महासचिवको नाम लिए भने अन्य पदाधिकारी सचिवालयले टुंगो लगाउने बताए। 

उपमहासचिव, सचिव र केन्द्रीय सदस्यमा भने नयाँ अनुहार र नाम आउन सक्ने अनुमान गरिएको छ। 

पदाधिकारी मध्य रहेकी सचिव रामकुमारी झाँक्रीलाई उपमहासचिव दिने या सचिव पदमा नै यथावत राख्ने भन्ने विषयमा केही चर्चा र विवाद रहेको बताइएको छ। 

अध्यक्ष नेपालसँग पछिल्ला दिनमा खासै सुमधुर सम्बन्धन नरहेको तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको सन्निकटतालाई लिएर महाधिवेशनमा आएका प्रतिनिधिबीच चर्चा भएको बताइएको छ। 

एकीकृत समाजवादीले २९९ जनाको केन्द्रीय समिति बनाउने छ भने २१ जना पदाधिकारी रहनेछन्। हालसम्म तीन जना प्रमुख पदाधिकारीको मात्र नाम कायम राखी अन्य जिम्मेवारी सचिवालयलाई दिइएको एक नेताले बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता