Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रहरीमा दुर्लभ घटना

एआईजीमा सिफारिस पोखरेल डीआईजीमै अवकाश 

शुक्रबार, असार २१, २०८१

काठमाडौं– नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवाका लागि प्रस्तावित पोषराज पोखरेल नायव महानिरिक्षक (डीआईजी)मै अवकाश भएका छन्। 

सम्भवतः प्रहरीमा यो दुर्लभ घटना हो। 

उनको बढुवाका सन्दर्भमा कामचलाऊ सरकारले कुनै निर्णय लिन सकेन। गृह मन्त्रालयको बढुवा समितिले उनलाई असार १० गते एआईजी बढुवाका लागि सिफारिस गरेको थियो। 

मन्त्रिपरिषदले निर्णय गरेको भए पोखरेल दुई दिन अर्थात् असार १९ र २० गते एआईजी पदमा बहाल हुने थिए। 

उक्त सिफारिस पनि विवादमा परेको थियो। यति मात्र होइन यो सिफारिस उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकको विवादको विषय पनि बनेको थियो। 

प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर, गृहसचिव एकनारायण अर्याल अमेरिका भ्रमणपूर्व यो सिफारिस गरिएको थियो। 

पोखरेल शुक्रबारबाट उमेरहदका कारण अवकाशमा गएका छन्।
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्