Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीप लामिछानेलाई ‘ए ग्रेडमा राख्ने क्यानको निर्णय

शुक्रबार, असार २१, २०८१

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा थिएनन् ।

उनले उच्च अदालतबाट बलात्कार मुद्दा सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए ।

ए ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन् ।

यसमा अब सन्दीप पनि अटाएका छन् । ए ग्रेड मा परेका खेलाडीलाई क्यानले मासिक १ लाख रुपैयाँ तलब दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्