Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी प्रकरणः गृहसचिव, आईजी र सीआईबी प्रमुखसँग संसदीय समितिले के सोध्यो?

शुक्रबार, असार २१, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार गृहसचिव एकनारायण अर्यालसहित प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवालीसँग छलफल गरेको छ। 

छलफलका क्रममा सहकारी पीडितले देशैभर कहाँ कहाँ उजुरी दिएको, अनुसन्धान प्रक्रिया के भइरहेको भन्नेबारे सोधिएको समितिका एक सदस्यले जानकारी दिए। 

हालसम्म भएका प्रहरी अनुसन्धानका प्रगति विवरण, पक्राउ गर्न नसकि फरार रहेका अभियुक्तलगायतका विषयमा पनि सोधपुछ भएको थियो। 

यता, सीआईबीमा परेको उजुरी, छानबिनको प्रक्रिया र मुद्दाका विषयमा पनि सोधिएको समिति सदस्यले जानकारी दिए। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएपछि संसदीय समिति बनेको थियो। 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्