Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेताका छोराछोरी निजीमा र अरूका सामुदायिक विद्यालयमा पढ्छन् : शिक्षामन्त्री श्रेष्ठ

शुक्रबार, असार २१, २०८१


काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेता र पहुँच हुनेका सन्तान निजी विद्यालयमा पढ्ने गरेको बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै मन्त्री श्रेष्ठले पहुँच नहुने व्यक्तिको सन्तानले मात्रै सामुदायिक विद्यालयमा पढाउने गरेको बताइन् ।

‘मैले १२० दिनमा थाहा पाएको-हामीले के भाष्य निर्माण गरेका छौँ भने, गरिबका छोराछोरी सामुदायिक विद्यालयमा जान्छन्, धनीका निजीमा । तर, त्यो होइन रहेछ,’ उनी भन्छिन्, ‘हामीजस्ता नेताका, पहुँच पुगेका मान्छेका छोराछोरी निजीमा जान्छन् । पहुँच नभएका, जनप्रतिनिधि वा ठूलो पद नओगटेका, आफ्नो नामको अगाडि माननीय नभएकाहरूका छोराछोरी सामुदायिकमा जान्छन् । भाष्य करेक्ट गरौँ ।’

नेपालमा २० प्रतिशत जति गरिब रहेको सरकारी तथ्यांक भएको तर सामुदायिक विद्यालयमा ७० प्रतिशत विद्यार्थी पढ्ने गरेको मन्त्री श्रेष्ठले बताइन् । उनले थपिन्, ‘यसकारण गरिबका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने होइन ।’

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्