नेभिगेशन
समाज विविध

नेतृत्वसँग रुष्ट सांसद आले एकीकृत समाजवादीको पहिलो चरणको केन्द्रीय सदस्यमा अटाएनन्

काठमाडौं– डोटीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम आले नेकपा एकीकृत समाजवादीको महाधिवेशनले तय गरेको पहिलो चरणको केन्द्रीय कमिटी सदस्यमा परेका छैनन्। 

महाधिवेशनमा उपस्थित नभएका उनी नेतृत्वसँग रुष्ट थिए। पहिलो चरणमा एकीकृत समाजवादीले ९३ जनाको केन्द्रीय कमिटी चयन गरेको छ। अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेकको पदाधिकारी पनि चयन भएको छैन। 

एकीकृत समाजवादीले २९९ जनाको केन्द्रीय कमिटी बनाउने निधो गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध