Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

प्रधानमन्त्री प्रचण्डले अर्को शुक्रबार विश्वासको मत लिने पत्र सदनलाई पठाए (पत्रसहित)

शुक्रबार, असार २१, २०८१

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ औं पटक विश्वासको मत लिने पत्र प्रतिनिधि सभामा पठाएका छन्। 

उनले आउने शुक्रबार अर्थात् असार २८ गते विश्वासको मत लिने जानकारी दिएका छन्। 

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेपछि शुक्रबारदेखि उनी अल्पमतमा छन्। सरकारमा समर्थन गरेको एमाले प्रतिपक्षमा बसेको छ। प्रतिपक्षी कित्तामा उभिएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद सचिवालय र प्रतिनिधि सभामा गराएको थियो। 

तर कांग्रेस–एमालेले प्रचण्डलाई राजीनामा दिनका लागि सुझाव दिएका थिए।
449315547_1002494744712628_3808662659542838262_n-1720172624.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्