Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘प्रचण्ड’ भेट्न माधव नेपाल बालुवाटारमा

शुक्रबार, असार २१, २०८१

काठमाडौँ - नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । महाधिवेशनमा केन्द्रीय कमिटी घोषणा लगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

काँग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग ‘प्रचण्ड सरकार अल्पमतमा परेको छ । संसद्का दुई ठूला दलले राजीनामा गर्न दिएको सुझाव अस्वीकार गर्दै प्रधानमन्त्रीले संसदमै फेस गर्ने बताएका छन् । यसका लागि असार २८ मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयमा समेत पत्र पठाइसकेका छन् ।

नेकपा एसले भने प्रधानमन्त्रीको पक्षमा उभिने भन्दै आफूहरू सरकारबाट नहट्ने प्रष्टीकरण दिइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्