Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिविमा नियुक्तिका लागि दलको सदस्य नभएको स्वघोषणा अनिवार्य

शुक्रबार, असार २१, २०८१

काठमाडौँ - विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ सार्वजनिक गरेको छ । जसमा त्रिभुवन विश्वविद्यालयका डीन, क्याम्पस प्रमुखलगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अहिलेसम्म नियुक्तिसम्बन्धी मापदण्ड नहुँदा विश्वविद्यालयमा हुने नियुक्ति राजनीतिक भागबन्डा हुने गरेको थियो । विनियमले हरेक पदको नियुक्तिका लागि इच्छुक उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषण गर्नुपर्नेछ । 

 

कुनै पनि संकाय वा संस्थानको डीन छनोट तथा सिफारिसका लागि तीन सदस्य छनोट समिति रहने व्यवस्था विनियममा गरिएको छ । समितिले त्रिविका ९ संकायका डीनका लागि प्रत्येक संकायगत उत्कृष्ट तीन उम्मेदवारको नाम सिफारिस गरेपछि परिषद्ले नियुक्त गर्नेछ । अरू संकायको डीन नियुक्तिका लागि विद्यावारिधि (पिएचडी) र चिकित्साशास्त्र अध्ययन संस्थानतर्फ एमडीको शैक्षिक योग्यता अनिवार्य गरिएको छ ।

यसका साथै त्रिविमा कम्तीमा १० वर्षको स्थायी पूर्णकालीन प्राध्यापक अनुभव प्राप्त प्राध्यापक वा सहप्राध्यापक हुनुपर्नेछ । सहायक डीनका लागि पनि पिएचडी अथवा एमडी चाहिन्छ, त्रिविमा प्राध्यापन अनुभव भने ८ वर्ष तोकिएको छ । कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र प्रिन्सिपलका लागि १० वर्ष र क्याम्पस प्रमुखका लागि कम्तीमा ५ वर्ष प्राध्यापन अनुभवलाई अनिवार्य गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्