आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने क्यानको तयारी
काठमाडौ -नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर आदिल अन्सारीकाे निलम्बन फुकुवा गर्ने तयारी गरेको छ। गत बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आदिलको निलम्बन फुकुवा प्रकृया सुरु गर्ने निर्णय गरेको हो।
निलम्बन फुकुवाका लागि अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्ने जिम्मेवारी दिइएको क्यानका सचिव पारस खड्काले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ।
‘म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रकृया सम्बन्धमा संघको अनुशासन समितीलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिने निर्णय गरियो,’ क्यानका सचिव खड्काले जारी गरेको विज्ञप्तीमा भानिएको छ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१ १८:१७
प्रतिक्रिया दिनुहोस्