Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल प्रिमियर लिग आयोजना गर्ने क्यानको निर्णय

शुक्रबार, असार २१, २०८१

काठमाडौ -नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट लिग आयोजना गर्ने भएको छ। गत बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आगामी नोभेम्बर/डिसेम्बरमा लिग आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले त्रिवि क्रिकेट मैदानको पिचहरु पुनः निर्माण गरी स्तरोन्नती गर्ने, मैदान विस्तार एवं व्यवस्थित गर्न फेन्सिङ सार्ने, ढल व्यवस्थापन गर्ने, हाल संचालनमा रहेका जिम हललाई व्यवस्थित गरी उपकरणहरु थप गर्ने लगायतका निर्णयहरु समेत गरेको छ।
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्