Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रवासी नेपाली मञ्च युएइको सातौं अधिवेशनको तयारी पुरा

शुक्रबार, असार २१, २०८१


युएई - प्रवासी नेपाली मञ्च युएइको सातौं अधिवेशनको तयारी पूरा भएको  छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा जुलाई ७ तारिकमा आयोजना हुने अधिवेशनको सवै तयारी पूरा गरी अन्तिम चरणमा पुगेको संयोजक बाबुराम सापकोटाले बताए  ।

अधिवेशन आयोजक कमिटीका संयोजक सापकोटाका अनुसार अधिवेशनले कामको समिक्षासहित नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको तयारीको सन्दर्भमा अन्तराष्ट्रिय कमिटीको प्रमुख आतिथ्यतामा सोमवार आयोजक कमिटीको बिशेष बैठकसमेत बसेको थियो ।

सो बैठकले अधिवेशनलाई सब्य र भब्य बनाउने निर्णय गरेको संयोजक सापकोटाले बताए  । युएइको अधिवेशन उदघाटनका लागि युरोप र मध्यपूर्वका अन्य देशको भ्रमण सकाएर अध्यक्ष थापा युएई फर्किसकेका छन। अध्यक्ष थापा राष्ट्रिय कमिटीका अधिवेशन गराउने क्रममा दोस्रो पटक बिश्व भ्रमणमा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २३:१७
प्रतिक्रिया दिनुहोस्