Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमालेले पनि मत दिने

शनिबार, असार २२, २०८१

जनकपुरधाम - मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।

एमाले मधेस प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए । सिंहले आज बिहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्