Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

शुक्रबार, असार २१, २०८१

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरुलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक संजालहरुमा संघका पदाधिकारी, सदस्य, संघसँग आवद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरुले संघको निर्णय विपरीत हुँदै नभएको आधारहिन कुराहरुको अन्तर्वार्ता एवंम भ्रामक प्रचार गरी समाजिक संजालमा समेत सेयर गरेको पाईएको र जसले गर्दा समग्र नेपाली क्रिकेटको सफलताका लागि एकजुट भएको अवस्थामा पनि संघसँग सम्वन्धित व्यक्तिहरुको विवादास्पद अभिव्यक्तिले गर्दा संघप्रति नकारात्मक सन्देश गएको यस संघले महशुस गरेकोले त्यस्ता कार्यमा संलग्न तपसिल बमोजिमका व्यक्तिहरुलाई संघको विधान बमोजिम स्पष्टिकरण सोधि आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पारित गरियो।’

IMG-20240705-WA0001-1105x1536-1720200489.jpg
IMG-20240705-WA0002-1720200489.jpg
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्