Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोले बीपी राजमार्ग अवरुद्व

शनिबार, असार २२, २०८१

काठमाडौं– अविरल वर्षाका कारण खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनकोशी गाउँपालिका–२ कमिरेफाड र गोलञ्जोर गाउँपालिका–६ को अक्करेभीरमा पहिरो जाँदा गएरातिबाट सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्