Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

शनिबार, असार २२, २०८१

वासिङ्टन - अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यो विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र नीति निर्माताहरूको आशाका रूपमा चिसो हुँदै गएको पछिल्लो सङ्केत हो ।

देशले गत महिना दुई लाख छ हजार रोजगारी थपेको श्रम विभागले जनाएको छ । यसले श्रम बजार अझै पनि अपेक्षाकृत लचिलो रहेको सङ्केत गर्दछ । त्यहाँ बेरोजगारी दर चार प्रतिशतबाट बढेर चार दशमलव एक प्रतिशत पुगेको छ ।

मुद्रास्फीति कम हुनुका साथै उत्पादन तथा सेवा क्षेत्रको गतिविधि सुस्त भएको पृष्ठभूमिमा यो प्रतिवेदन आएको हो ।

अझै पनि केही बाटो तय गर्न बाँकी रहेको छ तर हालैका महिनाहरूमा उच्चस्तरमा दरहरू राखेपछि यी सूचकहरूले अमेरिकी केन्द्रीय बैंकलाई ब्याज दर कटौतीको दिशामा थप आत्मविश्वास दिन सक्छन् ।

औसत घण्टाको आम्दानी मासिकरूपमा शून्य दशमलव तीन प्रतिशतले र अघिल्लो वर्षको तुलनामा तीन दशमलव नौ ९ प्रतिशतले बढेको छ ।

हालैका दिनहरूमा तलब वृद्धिले उपभोक्ता मूल्य मुद्रास्फीतिलाई पछाडि पारेको भए पनि यसको व्यापक अर्थतन्त्रमा सकारात्मक भाव देखिएको छैन । यसले राष्ट्रपति जो बाइडेनलाई आफ्ना आर्थिक नीतिहरूबारे जनतालाई विश्वास दिलाउन चुनौती थपेको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्