Nic Ad Nic Ad
Nic Ad Nic Ad
सम्पादकीय 

यसकारण प्रचण्डले राजीनामा दिनु उचित हुन्छ

शनिबार, असार २२, २०८१

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको बयानबाजीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उक्त दल उभिनेछ। अझै सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीले राजीनामा दिएका छैनन्। तर, उनीहरू प्रचण्डका पक्षमा उभिनेवाला छन् भन्ने निक्र्यौल भइसकेको छैन। तटस्थ बस्ने सम्भावना पनि छ।

प्रचण्डले आगामी शुक्रबार विश्वासको मत लिनेगरी व्यवस्था मिलाउन संघीय संसदको महासचिवलाई पत्र लेखेका छन्। कांग्रेस–एमाले गठबन्धन बनेपछि अल्पमतमा रहेका उनले विश्वासको मत जाँच गराउन लागेका हुन्। तर प्रचण्ड त्यति परसम्म पुग्नुभन्दा राजीनामा दिनु उचित देखिन्छ। 

सरकारमा सहभागी भएका अन्य साना दल पनि विस्तारै कांग्रेस–एमालेले भनेजस्तो राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने छाँटकाँटमा छन्। यद्यपि, यो उनीहरूले भने जस्तो सरकार बन्नेवाला छैन। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकार छाडिसकेको छ भने आफ्ना ७ सांसदको समर्थन पनि सरकारबाट फिर्ता लिएको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर नागरिक उन्मुक्ति पार्टी नयाँ सत्ता समीकरणमा सहभागी हुने निश्चित छ भने सीके राउत नेतृत्वको जनमत खुलीसकेको छैन। मधेसमा मुख्यमन्त्री कायम राख्ने हेतुले उ पनि नयाँ गठबन्धनमा जाने लगभग निश्चित छ। यसो हुँदा अहिलेसम्म प्रचण्डलाई विश्वास दिने अहिलेसम्म ४२ मात्र खुलेका छन्। रास्वपाका २१ जोड्दा ६३ जना मात्र हुने विश्लेषण बाहिर आइसकेका छन्। 

सदनमा लगभग शतप्रतिशतसम्म विश्वासको मत पाएका प्रचण्डले प्रधानमन्त्री पदका निम्ति पाँचौ चोटी विश्वासको मत माग गर्दा अति न्यून मात्र समर्थन पाउने भएका कारण यो नैतिक संकटको घेरा पनि हुनेछ। यसकारण राजीनामा दिनु उचित र स्वभाविक निर्णय हुनेछ।
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्