Nic Ad Nic Ad
Nic Ad Nic Ad

 युरोकप : आज इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्ने

शनिबार, असार २२, २०८१

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गतको क्वार्टरफाइनलमा आज इंग्ल्याण्ड र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा इंग्ल्याण्ड स्लोभाकियालाई तथा स्वीट्जरल्याण्ड इटालीलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेका हुन् ।


इंग्ल्याण्ड र स्वीट्जरल्याण्डबीच अहिलेसम्म २७ खेल भएका छन् । जसमा इंग्ल्याण्डले १९ तथा स्वीट्जरल्याण्डले ३ खेलमा जित हासिल गरेका छन् । यस्तै ५ खेल बराबरीमा सकिएका छन् । आजको विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्