Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

राष्ट्रिय सहमतिको सरकारका नाममा नयाँ ‘ढोक्सा’, कांग्रेस–एमालेसँग के चहान्छ माओवादी

शनिबार, असार २२, २०८१

काठमाडौं– केपी शर्मा ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कांग्रेस–एमाले समझदारीमा माओवादीले नयाँ शर्त पनि अघि सारेको छ। 

यदि राष्ट्रिय सहमतिकै सरकार गठनको प्रयत्न गरिएको भए कांग्रेस–एमालेले मध्यरातमा गरेको समझदारी खारेज गर्नुपर्ने माओवादीको माग छ। 

महासचिव देव गुरुङले उक्त विषयका बारेमा खुलासा गरेका हुन्। एमाले अध्यक्ष ओलीको भाषामा यो कांग्रेस–एमाले सहमतिमा माओवादीले थापेको नयाँ ढोक्सा हो। 

तर नेपाली कांग्रेसले भने माओवादी सरकारमा आउने च्याप्टर क्लोज भइसकेको जनाएको छ। कांग्रेस उच्च स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुन हिसाबले धोकाधडी दिँदै गए अब त्यसलाई स्वीकार गर्न सकिँदैन। 

एमालेसँगको समझदारीपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रचण्डलाई यहि भनेका थिए। उनले ‘सहमति भैसक्यो, ब्याक हुन सकिन्न’ भन्ने जवाफ प्रचण्डलाई दिएका थिए। 

एमालेसँगको सौहार्द सहकार्य हुँदाहुँदै प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रमबाट फर्किएपछि राष्ट्रिय सहमतिको गीत गाउँदै कांग्रेससँग संवादमा रहेको चाल पाएपछि अहिलेको स्थिति आएको एमाले महासचिव शंकर पोखरेलले बताइसकेका छन्। 
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्