Nic Ad Nic Ad
Nic Ad Nic Ad

लगातारको झरीले काठमाडौं उपत्यकाका सबै नदी, खोलामा बाढी

शनिबार, असार २२, २०८१

काठमाण्डौ – लगातारको झरीले काठमाण्डौ उपत्यकाका सबै नदी र खोलामा बाढी आएको छ । बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोला नदीमा बाढी आएको हो ।

बागमती नदीले खतराको तह पार गरेकाले नदी किनारमा रहनेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढी आएका अरू नदी र खोला आसपासमा बस्नेलाई पनि सुरक्षित हुन भनिएको छ ।


लगातारको झरीले काठमाण्डौको सोह्रखुट्टे, पुतलीसडक, ललितपुरको धापाखेल लगायतका सडक जलमग्न भएका छन् । 


 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्