Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली निवास बालकोटका सुरक्षा प्रमुख सशस्त्र प्रहरी इन्स्पेक्टरको मृत्यु, कारण के हो?

शनिबार, असार २२, २०८१

काठमाडौं– सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) उमेश थापाको शनिबार मृत्यु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासको सुरक्षा प्रमुख रहेका उनको मृत्युको कारण पत्ता लागेको छैन। 

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। 

सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक दरबन्दी भई ओलीनिवास बालकोटमा सुरक्षा प्रमुखको जिम्मेवारीमा खटिएका इन्स्पेक्टर थापा अचेत अवस्थामा फेला परेका थिए। 

प्रहरीका अनुसार ४२ वर्षीय इन्स्पेक्टर थापा शुक्रबार बेलुका खाना खाएर भक्तपुरको सूर्यविनायक नगरपालिका–९, गुण्डुस्थित उनको घरमा सुतेकामा शनिबार बिहान ५ः३० बजे अचेत भेटिएका थिए। उनलाई भक्तपुर अस्पतालले साढे ६ बजे मृत घोषणा गरेको थियो।
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्