Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारी वर्षाका कारण हवाई उडान प्रभावित

शनिबार, असार २२, २०८१

काठमाडौं -अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान प्रभावित भएकाे छ । विमानस्थलका अनुसार निरन्तरको वर्षाले भिजिबिलिटी कम भएपछि हवाई उडानहरु प्रभावित भएको हो ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फको उडान डिले भइरहेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।


उनका अनुसार अन्तर्राष्ट्रियतर्फ सबै सामान्य रहेको छ । ठूलो पानी परेको बेला उडान केही ढिला हुन सक्ने भएपनि अहिलेसम्म सामान्य नै रहेको उनले बताए । आन्तरिकतर्फ भने उडान डिले भइरहेको उनले बताए । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षा भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्