Nic Ad Nic Ad
Nic Ad Nic Ad

धरानका मेयरको कार्यकक्षमा सञ्चारकर्मीमाथि हातपात, डीएसपी राईलाई कारबाही हुन सक्छ 

शनिबार, असार २२, २०८१

इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा सञ्चारकर्मी सञ्चिता धमलामाथि भएको हातपात प्रकरणबारे छानबिन समिति गठन भएको छ। 

इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) मानबहादुर राईको पनि उक्त घटनामा संलग्नता रहेको नेपाल पत्रकार महासंघ सुनसरीको दाबी रहेको छ। घटनाको छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी (सीडिओ) रामचन्द्रले तिवारीले छानबिन समिति गठन गरेका छन्।

सञ्चारकर्मी धमलालाई धरपकड गरेको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख बेदराज फुयाँलको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको हो।

समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नवीनराज भण्डारी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता भण्डारीले बताए।

इलाका प्रहरी कार्यालयका डिएसपी राईको उपस्थितिमा सञ्चारकर्मीहरूसँग घटना विवरणको जानकारी लिँदै उनले घट्नामा इलाका प्रहरी अन्तर्गतका प्रहरीको संलग्न भएको देखिए छानबिनको दायरामा तानिने भण्डारीले बताए। 

नियम अनुसार छानबिन समिति गठन भएमा डिएसपी राई इलाका प्रहरी प्रमुखको दायित्वबाट निलम्बनमा पर्न सक्छन्। घट्नामा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सञ्चारकर्मीलाई घाइते हुने गरी लछार पछार गरेको थियो।

पीडित सञ्चारकर्मी सञ्जिता धमलाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आदेशमा उनको कार्यकक्षमा प्रवेश गरी प्रहरी समेतले आफूलाई चोटपटक लाग्ने गरी हातपात गरेर लछार पछार गरेको जिल्ला प्रहरी कार्यालयबाट आएका डिएसपीलाई बयान दिएकी छन्।

विवादीत डीएसपी राईले घटनालाई रोक्नका लागि कदम चाल्नुपर्नेमा उल्टै लछार पछार पार्नका लागि आदेश दिएका थिए।
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्