Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं उपत्यकाका नदीहरुमा जलप्रवाह उच्च, किनारा क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

शनिबार, असार २२, २०८१

काठमाडौँ - हिजो (शुक्रबार)देखि नियमित परिरहेको वर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ ।

नदी किनाराका बस्तीहरुमा बाढी पस्न थालेकाे भने केही स्थानहरु डुवानमा परेका छन् ।

पानी नियमित परिरहेकोले नदीहरुमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, नदी किनारामा रहनुभएका व्यक्तिहरुलाई उच्च सतर्क रहन आग्रह गरेका छन् ।

पानी नियमित परिरहेकोले नदीहरुमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, नदी किनारामा रहेआ व्यक्तिहरुलाई उच्च सतर्क रहन आग्रह गर्दै बाढीजन्य विपद परेमा बाढीजन्य विपद परेमा महानगरपालिकाका हटलाइन १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गरेका छन्  । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै देशभर साधारणातया र पूर्णतया वदली रहने जनाएको छ ।

सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्यङ्सहित हल्कादेखि मध्यम बर्षा र केही स्थानमा धेरै भारीदेखि अति भारी बर्षाको सम्भावना रहेको बताएको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्