Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशका तीन नदीमा जलसतह खतराको तहमाथि, बागमती र कोशी अझ बढ्दै

शनिबार, असार २२, २०८१

काठमाडौं– शनिबार दिउँसो ३ बजेसम्म नेपालका तीन नदीको जल सतहले खतराको तह नाघेको छ ।

रूपन्देहीको कोइली, काठमाडौं उपत्यका स्रोत भएको बागमती र कोशी नदीले खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको हो ।


विभागका अनुसार कोइली नदीमा खतराको तह ५ मिटर पार भइ जल सतह ५.२८ मिटर पुगेको छ । सो नदीको जलाधार क्षेत्रमा वर्षा कम भएकाले अहिले जल सतह घट्दो क्रममा छ ।

तर खतराको तह पार गरिसकेका कोशी र बागमतीमा जल सतहको उचाइ अझै बढ्दैछ । बागमतीको खतरा तह ४ मिटर हो । खोकना क्षेत्रमा बागमती नदीको जल सतह अहिले ४.६४ मिटरसम्म अग्लिएको छ ।


यस्तै, खतरा तह ५.५ मिटर रहेको कोशी नदीको सिन्धुपाल्चोक खण्डमा जल सतह ५.७७ मिटरसम्म पुगेको छ । मेलम्ची नदीमा चलिरहेको भीषण बाढी लगायतले मुख्य नदी कोशीकै जल सतह बढाइदिएको हो ।

विभागका अनुसार हाल अन्य ६ नदीमा पनि जल सतहले सतर्कता तह पार गरिसकेको छ । ती नदीको सतह खतराकै तहमा नपुगे पनि पानीको मात्रा स्थिर र बढ्दो क्रममा छ ।

नारायणी नदीको जल सतहले ५ र बागमतीको सहायक खोला हनुमन्तेले जगातीमा सतर्कता तह पार गरेको हो ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्