Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डक ब्यारेजका सबै ढोका खोलियो  

शनिबार, असार २२, २०८१

पूर्वी नवलपरासी — त्रिवेणीस्थित गण्डक ब्यारेजमा बाढीको सतह खतराको सीमा नजिक पुगेपछि भारतले गण्डक ब्यारेजका सबै ३६ ढोका खोलेको छ ।

गण्डकमा पानीको सतह २ लाख ६० हजार क्यूसेक लिटर भन्दा माथि पुगेका कारण भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुन सक्ने जोखिम कम गर्न सबै ढोका खोलेको हो ।


प्रहरी चौकि त्रिवेणीका सई महेश रायमाझिका अनुसार पानीको सतह खतराको सिमा नजिक पुगेका कारण ढोका खोलिएको हो । त्यसले त्रिवेणी क्षेत्रको ड्बुान कमगर्न पनि सघाउँछ ।

तिनदिनदेखिको लगातारको वर्षालले गण्डकमा नदीको सतह एक्कासी बढेपछि भारतले आफनो सुरक्षाको लागि ढोका खोलेको हो । रायमाझिका अनुसार गण्डकमा पानीको सतह लगातार बढि रहेको छ ।

नेपाल भारतको सिमानामा पर्ने त्रिवेणीमा बांध बांधेर करिब ६० वर्ष अघिदेखि भारतले उत्तर प्रदेश र बिहारका साढे २ लाख हेक्टर क्षेत्रफलमा पानी लगेको छ । सिमानामा पर्ने गण्डक ब्यारेजमा पानी नियन्त्रण गर्ने जिम्मा भारतियको एकाधिकार छ । नेपाल तर्फको भूभाग डुवानको जोखिम हुदासमेत भारतलाई जानकारी गराएपछि उसैले ढोका खोलेर नदीमा पानीको बहाब सुनिश्चित गर्छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्