Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीको नेतृत्वमा नयाँ सरकार बन्छ : कांग्रेस

शनिबार, असार २२, २०८१

काठमाडौं– नेपाली कांग्रेसले एमालेसँग भएको सहमति अनुसार संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दाबी गरेको छ । 

शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहमति अनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६ (२) बमोजिम गठन हुने दाबी गरेको हो ।


बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने पत्र संसद सचिवालयमा दर्ता गरेको अवस्थामा उक्त प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले कांग्रेस–एमालेबीच भएको राष्ट्रिय सहमतिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरेको लेखकले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्