Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती नदिमा फसेका ३ जनाको सशस्त्रको गोताखोरबाट सकुशल उद्धार

शनिबार, असार २२, २०८१

काठमाडौं - बागमती नदिमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोरबाट सकुशल उद्धार भएको छ ।

असार २२ गते सांझ १६:४० बजे काठमाडौं, कीर्तिपुर नगरपालिका-१० ल्याबोरोटरी स्कुल नजिकै बागमति नदिमा फसेका ३ जनाको उद्धारको लागि सशस्त्र प्रहरिको गोताखोरले सांझ ५:२५ मा सकुशल उद्दार गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं.२० बिपद उद्दार गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोर सहित १५ जना र नं. १८ निलबाराही गण किर्तिपुरबाट १० जनाको टोलीले उनिहरुको उद्दार गरेको हो ।

डिएसपी शैलेन्द्र थापाका अनुसार उद्दार गरिएकाहरुमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेको बुझिएको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्