Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड सञ्चालन

शनिबार, असार २२, २०८१

लमजुङ– पहिराले आज बिहानैदेखि अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुनः सञ्चालन भएको छ । 

बेँसीसहर नगरपालिका–६ खरखरेभीर र मर्स्याङ्दी गाउँपालिका–४ जगत नजिकै हावाडाँडामा गएको पहिरो हटाएसँगै पुनः सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।


पहिरो हटाएर सडक सञ्चालनमा आए पनि फेरि ठूलो वर्षात् भएमा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए। 

बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग पनि सञ्चालन हुन थालेको छ । अविरल वर्षासँगै आज बिहान मध्यनेपाल नगरपालिका–६ पिस्ती खोलामा आएको बाढीले अवरुद्ध सडक पानीको सतह घटेसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । 


 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्