Nic Ad Nic Ad
Nic Ad Nic Ad

एशिया कप तयारीका लागि नेपाली टोलीले ३ अभ्यास खेल खेल्ने

शनिबार, असार २२, २०८१

काठमाडौं– एसिसि महिला एशिया कप २०२४ मा सहभागी हुने नेपाली महिला क्रिकेट टोलीले तयारीका लागि तीन अभ्यास खेल खेल्ने भएको छ । नेपाली टोलीले श्रीलंका क्रिकेट बोर्डको विकास टोली विरुद्ध तीन खेल खेल्ने भएको हो ।

नेपाली महिला टोलीको श्रीलंकामा तयारीको तालिका सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले सो तीन खेलको तालिका घोषणा गरेको हो । नेपाली टोलीले ३ खेल सरी भिलेजमा जुलाई ९, १० र १६ मा खेल्नेछ ।

घोषणा गर्दै सामाजिक सञ्जालमा क्यानले महिला विकास टोली विरुद्ध खेल्ने मौका प्रदान गरेकोमा श्रीलंका क्रिकेट बोर्डलाई धन्यवाद समेत प्रदान गरेको छ । जुलाई १९ देखि सुरु हुने महिला एशिया कपमा नेपाल भारत, पाकिस्तान र युएई सँगै समूह ए मा रहेको छ ।

प्रतियोगिताको उद्दघाटन खेलमा नेपालले युएईसँग भिड्ने तालिका रहेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् ।

यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ए मा रहेको नेपालले अब पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपाली टोली:

इन्दु वर्मा (कप्तान),रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्