Nic Ad Nic Ad
Nic Ad Nic Ad

पानीको सतह बढेपछि सेती नदी किनारका पाँच परिवार विस्थापित

शनिबार, असार २२, २०८१

कास्की - सेती नदीमा पानीको सतह बढेपछि पोखरा–१४ को गोष्टी बस्ती जोखिममा परेको छ । नदीमा पानीको सतह बढेर जोखिम बढेपछि नदी किनारमा बसोबास गर्ने पाँच परिवार विस्थापित भएका छन् ।

samridhi jewllers

अविरल वर्षाका कारण सेतीमा पानीको सतह बढेर बस्ती जोखिम पसेपछि यहाँका पाँच परिवारका २३ जनालाई आज दिउँसो सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

गोष्टी टोलस्थित सेती नदीको किनारमा बसोबास गरिरहेका विष्णुमाया सुनुवारको परिवारका पाँच, डोम्मा शेर्पाका सात, सुकदेव गुरुङका चार, डावा शेर्पाका चार र काजी शेर्पाको परिवार तीन जनालाई टोल विकास संस्थाको भवनमा सारिएको शर्माले बताए । 

यसैगरी, अविरल वर्षाका कारण पहिरो जाँदा आज दिउँसो पोखरा महानगरपालिका–३२ स्थित राजन विकको एकतले घरमा क्षति पुगेको छ । प्रहरीका अनुसार विकको घरको भान्छा कोठा पहिराले भत्किएको छ ।

वर्षाका कारण पृथ्वीराजमार्ग, पोखरा–बाग्लुङ राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यात्रुहरू समस्यामा परेका छन् । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार