Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसको औपचारिक निर्णय नै ओली नेतृत्वमा सरकार, प्रचण्डले खेल्ने ठाउँ पाएनन् 

शनिबार, असार २२, २०८१

काठमाडौं– नेपाली कांग्रेसले एमालेसँग गरेको सहमतिअनुसार संविधानको धारा ७६ उपधारा २ अनुसार केपी शर्मा ओली नेतृत्वमा नै सरकार गठन गर्ने औपचारिक निर्णय गरेको छ। 

शनिबार बसेको संसदीय दलको बैठकले यो निर्णय गरेसँगै अब राष्ट्रपति रामचन्द्र पौडेलले पनि सोही सन्देश पाएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब खेल्न सक्ने ठाउँ नराखी कांग्रेसले निर्णय गरेपछि संविधानको धारा ७६ को उपधारा ३ को प्रयोग हुने सम्भावना सकिएको छ। 

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने कार्यक्रम छ।
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्