Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँको डुबानलाई लिएर ओलीविरुद्ध खनिए बालेन के भने ?

शनिबार, असार २२, २०८१

काठमाडौं - काठमाडौँ महानरपालिकाका मेयर बालेन शाह फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । काठमाडौँको खोला किनारमा बस्नेहरुलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ ध्यान नदिएको भन्दै उनी ओलीविरुद्ध खनिएका हुन् । 

आज काठमाडौँमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ? उनले काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका तथ्यांक पेश गर्दै भनेका छन्, गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।


 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्