Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्वतको फलेवासमा पहिरोले पुरिएर दुई जना बेपत्ता

शनिबार, असार २२, २०८१

पर्वत – गोठमा पहिरो पर्वतमा दुई जना पुरिएका छन् । फलेवास नगरपालिका वार्ड न १ कार्किनेटाका कुलप्रसाद पाध्याको गोठमा पहिरो आउँदा ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका वार्ड नं ३ निवासी ३३ वर्षीय तुलसीप्रसाद शर्मा पुरिएका छन् ।

पहिरोले २ वटा माउ भैँसी ,१ वटा पाडो ,४ बाख्रासमेत पुरेर वेपत्ता बनाएको छ। कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याका अनुसार स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरिरहेका छन् । तर वर्षा नरोकिएका कारण उद्धार कार्य सहज नभएको उनले बताए ।


उक्त स्थानमा थप पहिरो आउन सक्ने जोखिम देखिएको र उद्धारकै क्रममा थप पहिरो झरे मानवीय क्षति हुने अवस्था रहेकोले उनले जानकारी दिए ।

 


 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्