Nic Ad Nic Ad
Nic Ad Nic Ad
जन्मोत्सव

ज्ञानेन्द्र शाहः दुई पटक छोटो अवधिका राजा, मौन तर सक्रिय

आइतबार, असार २३, २०८१

काठमाडौं– नेपालका अन्तिम भनिएका राजा ज्ञानेन्द्र शाह ७८ बर्ष पुगेका छन्। आइतबार उनको जन्मदिन हो। 

दुई पटक राजा भए पनि छाटो अवधि मात्र शासन गरेका उनकै कारण गणतन्त्र आएको भन्ने तर्क पनि हुन्छन्। 

ज्ञानेन्द्र नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति हुन्। विस २००७ मा त्रिभुवन र बुवा महेन्द्र भारत गएपछि राणा शासकहरूबाट उनलाई राजा बनाई श्रीपेच पहिराइएको थियो। त्यसको पचास वर्षपछि राजा वीरेन्द्रको बंश नाश भएपछि उनी राजगद्दीमा फर्किए।

२०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा बीरेन्द्र लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि ज्ञानेन्द्र राजा भएका थिए।

माओवादी युद्धकालका बेला ज्ञानेन्द्रले दलहरूलाई प्रतिबन्ध गरेर शासन सत्ता हातमा लिएका थिए। कतिपयले भनेका छन्,‘त्यसबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजासँग हात मिलाउने लगभग तयारी भएपछि यस्तो शासन सत्ता चलाइएको थियो।’

जनआन्दोलन २०६१–६२ पछि प्रतिनिधि सभा जनताका नाममा फिर्ता गरेका उनी मौन थिए। तर, ०६४ को संविधान सभा निर्वाचनको जगमा उभिएर ०६५ को जेठ १५ गते उनका सबै अधिकार खोसेर मुलुकलाई गणतन्त्र घोषणा गरियो, उनी मौन हिसाबले नै नारायणहिटी छाडी नागार्जुनतिर बस्न पुगे। 

गणतान्त्रिक व्यवस्था पनि भ्रष्ट र अस्थिर राजनीति भएको तथा हिन्दूत्व र धर्मको रक्षा नभएको भनी भित्रभित्रै राजा ज्ञानेन्द्रलाई पुनःस्थापनाका निम्ति विभिन्न शक्ति आन्दोलन र प्रदर्शनमा सक्रिय भइरहेका छन्। 

बेलामौका विभिन्न ठाउँमा हुने नागरिक अभिनन्दन र सम्बोधनका क्रममा ज्ञानेन्द्रले जनताले चाहेको खण्डमा देशको अभिभावकत्व लिने बताउँदै आएका छन्। जसका कारण राजनीतिकवृत्तमा निक्कै हलचल आउने गरेको पाइन्छ। 

हरेक बर्ष देशाटनमा निस्कने उनीप्रति जनताको मोह विस्तारै ढल्किएको प्रतीतचाहिँ प्रतिनिधि सभामा राजसंस्थाको नारा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपस्थिति पनि मानिन्छ। 
 
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्