Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार

आइतबार, असार २३, २०८१

काठमाडौँ - आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च भए पनि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ (मे २०) कै रेकर्ड तोड्न सकेको छैन ।


त्यस्तै चाँदीको भाउ आइतबार तोलामा २० रुपैयाँ बढेको छ । चाँदी आज १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्