Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले संसदीय दलको बैठक सुरु

आइतबार, असार २३, २०८१

एमाले संसदीय दलको बैठक सुरु भएको छ। संघीय संसद् भवनस्थित ल्होत्से हलमा जारी बैठकले कांग्रेससँगको सत्तासहकार्यसम्बन्धी सहमतिलाई अनुमोदन गर्ने नेताहरूले बताएका छन्।

बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी कांग्रेससँग नयाँ सत्तागठबन्धन गर्नुको कारणबारे सांसदहरूलाई जानकारी गराइरहेका छन्।

उनले प्रधानमन्त्री प्रचण्डले २८ असारमा लिने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न पनि निर्देशन दिएका छन्।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्