Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डलाई राजीनामा दिन एमालेको चेतावनीसहितको प्रश्न– के गर्न लम्ब्याएको?

आइतबार, असार २३, २०८१

काठमाडौं– अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन फेरि चेतावनी दिँदै नेकपा एमालेले विभिन्न आशंका व्यक्त गरेको छ। 

आइतबार संसदीय दलको बैठकमा राजीनामा नदिएर १० दिनदेखि ७ दिनभन्दै सरकार ल्ब्याउने कारण खोजेको एमालेले भन्यो,‘के निर्णय गर्न ढिलो गरेको?’

बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने,‘हामीले फेरि राजीनामा दिन प्रधानमन्त्रीलाई भनेका छौं, अल्पमतमा रहेको सरकारले निर्णय गर्ने अधिकार राख्दैन।’

कांग्रेससँगको सहमतिपछि एमाले नेतृत्वमा सरकार गठनको तयारी भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। 
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्