Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ पहिरो अपडेट : बेपत्ता तिनै जनाको शव भेटियो

आइतबार, असार २३, २०८१

दमौली– तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक जनाको शव शनिबार नै फेला परेको थियो भने आइतबार बिहान थप दुई जनाको शव फेला परेको हो ।

पहिरोमा परेर ज्यान गुमाउनेमा ४० वर्षीय हिरा नेपाली, ३७ वर्षीय अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेका छन् । तीनै जनाको शव जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा राखिएको प्रहरीले बताएको छ ।

सो पहिरोमा पाँच जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्