नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार
काठमाडौँ- चितवनको भरतपुर महानगरपालिका-१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको गएराति सकुशल उद्धार गरिएको छ ।
वर्षाको कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ १३:२५
प्रतिक्रिया दिनुहोस्