Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीका सांसद आले एमालेसँग निरन्तर सम्वादमा

आइतबार, असार २३, २०८१

काठमाडौं– महाधिवेशनका क्रममा केन्द्रीय सदस्य समेत नबनाइएका नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आले निरन्तर एमालेसँगको सम्वादमा रहेका छन्। 

पार्टीसँग कुनै साइनो नै नभएको बताइसकेका आले महाधिवेशनका क्रममा देशमा नै थिएनन्। तर विभिन्न माध्यमबाट एमालेका प्रभावशाली नेता र बालकोटसम्म उनको निरन्तर सम्वाद कायम रहेको उच्च स्रोतले दाबी गरेको छ। 

एकीकृत समाजवादीबाट डोटीमा प्रत्यक्ष निर्वाचित आले ओलीसन्निकट पुग्न समय लाग्दैन। किनभने प्रतिनिधि सभा विघटन गरेका बेला उनी ओलीको साथमा मन्त्रिपरिषदमा रहेका थिए। 

कतिपयले उनी एमाले प्रवेश गर्न लागेको चर्चा समेत गरेका छन्। एमालेमा केन्द्रीय सदस्य दिने सहमतिका आधारमा उनी फर्किने सम्भावना रहेको छ। 

पार्टी परित्याग गरे पनि आलेको सांसद पद यावत नै रहन्छ। किनभने एकीकृत समाजवादी राष्ट्रिय पार्टी भइसकेको छैन भने उसको ह्वीप पनि सांसदमाथि चल्दैन।
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्