Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक वर्षमा ७ सय ९४ निजामती कर्मचारीले दिए राजीनामा

आइतबार, असार २३, २०८१

काठमाडौँ- एक वर्षमा ७ सय ९४ निजामती सेवामा कार्यरत कर्मचारीले जागिर छाडेका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ ।किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन् । 

किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । 

निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्