Nic Ad Nic Ad
Nic Ad Nic Ad

सभामुखद्वारा २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने संसद्लाई जानकारी

आइतबार, असार २३, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने जानकारी गराएका छन् । आइतबार बसेको सभाको बैठकमा उनले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् । 

सभामुखले भने,,‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १ सयको उपधारा २ बमोजिम २०८१ साल असार २८ गते शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी प्राप्त भएकोले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ को उपनियमको ३ बमोजिम उल्लेखित दिन र समयको बैठक तोकेको ब्यहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्