Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा कार्यरत शाहविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, असार २३, २०८१

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा कार्यरत चन्दा शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार उनीविरुद्ध विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपमा मुद्दा दायर गरिएको हो । शाहले भारतको उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद् बोर्डबाट हाइस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्